Relation FM

88MHz Ratnanagar-2

Wednesday, June 15, 2016

हेर्नुहाेस वेडिङ्ग फोटो प्रदर्शनीका उत्कृष्ट तस्बिर

फोटोग्राफर संघको आयोजनामा राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा बिबाहमा खिचिएको फोटो प्रदर्शनी सम्पन्न भएको छ ।प्रदर्शनीको उद्य्घाटन प्रतियोगिताका निर्णायक मण्डलका सदस्य राजभाइ सुवाल र अमरेन्द्र श्रेष्ठले गरेका थिए । क्याननकेपिए वेडिङ्गफोटो अवार्ड २०१६ को प्रतिस्पर्धामाउपलब्ध ६ सय भन्दा बढी फोटोबाट छानिएका उत्कृष्ट १०० वटा फोटोहरु रहेका छन् ।
२०६९ सालबाट सुरु भएको फोटो फोटो कम्पिटिसनको चौथो चरण कम्पिटिसन सँगै अवार्ड तथा प्रदर्शनी सम्म पुगेको हो । यस पटक भएको फोटो अवार्डमा गौरब रिजालको फोटोले पहिलो स्थान हात पार्न सफल भएको छ भने नन्द श्रेष्ठको फोटोले दोस्रो स्थान प्राप्त गरेको छ । यसैगरि तेस्रो स्थानमा सन्देश प्रजापतिको फोटो परेको छ ।
प्रथम हुने फोटोग्राफरलाई अवार्डसहित क्याननको डिएसएलआर ७० डि क्यामेरा प्रदान गरिएको छ भने दोस्रो हुने फोटोग्राफरलाई क्याननको ७५० डि क्यामेरा पुरस्कार स्वरुप प्रदान गरिएको छ ।










Tuesday, June 7, 2016

राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको निधन(जिवनी सहित)

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ। संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा आज विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको हो । खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तराष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।
लामो समयदेखी मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारका लागि भर्ना गरिएको थियो ।
गुरुङको उपचारमा ग्रान्डी अन्तराष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए र ।
अम्बर !
बरिष्ठ संगीतकार अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा भएको थियो । अम्बर गुरुङको पुख्र्याैली घर गोरखा जिल्लाको रिसिङ हो ।
२०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशकका रुपमा काम गर्नुभएका गुरुङ नेपाली सांगीतिक आकाशका एक नक्षेत्र हनुहुन्थ्यो । पछिल्लो समय काठमाडौंको महाराजगञ्ज चक्रपथ नजीकै बसोबास गर्ने गुरुङ केही समयदेखि विभिन्न स्वास्थ्य समस्याले ग्रसित हुनुहुन्थ्यो ।
तीन छोरा किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङले आईएसम्म अध्ययन गर्नुभएको थियो । उहाँको गायन तथा सांगीगिक यात्रा वि.सं. २०१६ बाट सुरुभयो । उहाँले पहिलो पटक कलकत्तावाट दुई गीत ‘इ म अम्बर हुँ’ र ‘सम्हालेर राख’बाट गीतिलेखन प्रारम्भ गर्नुभएको थियो ।
संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीले लेख्नुभएको गीत रेकर्ड गर्नुभयो, नौ लाख तारा उदाए बोलको । एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो । पछि यही गीत नेपालीले धेरै मन पराए ।
राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उहाँको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे । गुरुङ वि.सं. २०२५ सालमा नेपाल आउनु भयो । वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोर्होयाएपछि गुरुङ नेपाल आएर बस्नुभयो ।
वि.सं. २०२६ मा संगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश गर्नुभयो । संगीत प्रमुख, संगीत संयोजक र संगीत निर्देशक भएर वि.सं. २०५४ मा अवकाश पाएपछि पनि सक्रियरुपमा नेपाली साँगीतिक आकाशमा घाँम जस्तै न्यानो र छाँया जस्तै शितल प्रदान गरिरहनुभयो गुरुङले ।
लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा संगीत गर्नुभएका गुरुङले नेपालको राष्ट्रिय गान सयौं थुङगा फुलका हामीको संगीत गर्नु भएको थियो । सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत उहाँले संगीत दिनुभएका छ ।
चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठ संगीत दिनुभयएको छ । त्यस्तै आदिकवि भानुभक्त वृतचित्रमा पाश्र्व संगीत, स्वर दिनुभएको छ । राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका गुरुङको आज बिहान पौने ४ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अन्न नलीमा समस्या, श्वासप्रश्वास समस्या, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले पीडित गुरुङ एक सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । धरै कर्णप्रिय गीतका संगीतकार, रचनाकार, गायक अम्बर गुरुङ सधै अमर रहनुहुनेछ ।